नेपालमा आज ३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, पुस २८ गते ।

16 Push 077 final

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ३ हजार ७५ मा कोरोना पुष्टि भएको जनाएको छ ।
१३ हजार ३६ जनाको स्वाब परीक्षण गर्दा यतिको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।